छुवाछूत अन्त्यका लागि युवाको सक्रिय भूमिका हुनुपर्ने
दलित समुदायका नेताहरुले देशमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि युवाको सक्रिय भूमिका हुनुपर्ने आवश्यकता औँल्याएका छन् । ५६औँ अन्तर्राष्ट्रिय जातीभेद तथा रङ्गभेद उन्मूूलन दिवसका अवसरमा जागरण मिडिया सेन्टर र युथ एड्भोकेशी नेपालद्वारा यहाँ शुक्रबार आयोजित ‘जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि युवाको भूमिका’ विषयक अन्तरक्रियामा नेताहरुले सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि दलित समुदायको आर्थिक विकासमा जोड दिए ।
युनाइटेड नेशन जागरण मिडिया सेन्टर र युथ एड्भोकेशी नेपालद्वारा शुक्रबार नै आयोजित ‘शिक्षामा दलितः चुनौती र अबको बाटो’ विषयक अन्तत्र्रिmयामा वक्ताहरुले शिक्षामा दलित समुदायलाई बढाउनका लागि राज्यले छात्रवृत्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा डा विद्यानाथ कोइरालाले सबैका लागि शिक्षा भनिए पनि आर्थिक, सामाजिकलगायत विभिन्न कारणले दलित समुदाय पछाडि परेको बताउनुभयो । युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले दलित समुदायको आर्थिक, सामाजिक र राजनीतिक अधिकार सुनिश्चितताका लागि दलित र गैरदलित समुदायबीच एकता हुनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा सहभागी युवाहरुले युवा नै परिवर्तनका सम्वाहक भएकाले समाजमा रहेका कुरीति, अन्धविश्वास, विकृति, विसङ्गति तथा जातीय विभेदविरुद्ध युवाहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उहाँहरुले परिवर्तनको शुरुआत आफैँबाट गर्नुपर्ने भन्दै समाजमा रहेका हानिकारक परम्पराविरुद्धको अगुवाइ युवाहरुले गर्नुपर्ने बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस