बुहारीको हत्यापछि आत्महत्या
मृत फेला परेकी ताप्लेजुङ पाथीभरा याङवरका ३ तिरिङ्गेकी ३६ वर्षीया विमला डाँगी बस्नेतको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । बुधबार बेलुका उनको शव फेला परेको थियो । उनको काका ससुरा नाता पर्ने ३७ वर्षीय घनश्याम बस्नेतले हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक मोहन पोखरेलले बताए ।
घनश्यामले हत्या गरेको व्यहोरासहितको विमलाका श्रीमान् रामकुमार बस्नेतले दिएको जाहेरी प्रहरीले शुक्रबार दर्ता गरेको छ । छिमेकीसमेत रहेका घनश्यामले डालेघाँस काटिदिन्छु लिन आउनु भनी घरदेखि तीन सय मिटर दक्षिणपूर्वमा लगी बीभत्स हत्या गरेको जाहेरीमा उल्लेख छ । घनश्याम पनि घाँटीमा पासो लगाएर रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । विमलाको हत्या भएको ८ सय मिटरमाथि उनको शव भेटिएको थियो ।
बुहारीको हत्यापछि आत्महत्या गरेको हुन सक्ने अनुमान प्रहरीको छ । विमला सासू, ससुरा र १३ वर्षीय छोरासँग बस्दै आएकी थिइन । श्रीमान् ट्रक चालक श्रीमान् झापामा बस्छन् । विमलाको शव अलैंची बगानमा घाँटीमा डोरीले कसेर फालेको अवस्थामा भेटिएको थियो।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस