भाइरल रोगबाट विद्यार्थी सङ्क्रमित
जिल्लाको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीस्थित धुरालसैन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेका छन् । विद्यार्थी धमाधम बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक महासिं थापाले बताउनुभयो । विद्यालयमा अध्ययनरत एक सय बढी विद्यार्थी तीन दिनयता बिरामी परेका छन् । विद्यार्थीमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको धुरालसैन माविका शिक्षक सुरेन्द्र रौलेले राससलाई जानकारी दिनुभयो ।
दैनिक २० भन्दा बढी बिरामी हुने गरेको विद्यालयका प्रधानाध्यापक थापाले बताउनुभयो । धेरै विद्यार्थी बिरामी भएकाले विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालयमा विद्यार्थीको सङ्ख्या कम हुँदै गएको छ । शनिबार र आइतबार सार्वजनिक बिदामा केही विद्यार्थी गाउँमै बिरामी परेका र आज विद्यालय खुलेपछि पनि केही विद्यार्थी बिरामी पर्न थालेका शिक्षक रौलेको भनाइ छ । आज मात्र कक्षा ७ का एकैपटक १० विद्यार्थी बिरामी परेका छन् ।
नगरपालिकाबाट स्वास्थ्यकर्मीको टोली विद्यालयमा गई उपचारमा खटिएको छ । विद्यार्थी बिरामी भएको जानकारी आएपछि स्वास्थ्यकर्मीको टोली औषधिसहित विद्यालयमा पठाइएको नगरपालिकाका प्रमुख दीपकविक्रम शाहले बताउनुभयो । विद्यार्थीमा रुघाखोकी, टाउको दुख्ने, पेट दुख्ने, ज्वरो आउन, वाकवाकी लाग्ने लक्षण देखा परेको विद्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस