इटहरीमा एक जनाको हत्या, एक पक्राउ
सुनसरी इटहरी उपमहानगरपालिका–२ मा सोमबार एक जनाको हत्या भएको छ । स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए ।
सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ । हत्या गरेको आरोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
छिमेकीको हत्या गरी भागिरहेको अवस्थामा रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । पुरानो रिसइबी साँध्नका लागि रेग्मीले कार्कीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस