किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार पक्राउ
स्याङ्जाको हरिनास गाउँपालिकामा १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
चार जना पुरुषहरुले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरी दरखास्तका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेहरुमा हरिनास गाउँपालिका ६ बस्ने २९ वर्षीय जेवन्त बहादुर खवास, ४२ वर्षीय दिल बहादुर राना, १८ वर्षीय जयम रुचाल र २९ वर्षीय निलेश छन् ।
उनीहरुलाई करणी सम्बन्धी कसुर, जबरजस्ती करणी उद्योग मुद्दामा मुद्दा दर्ता गरिएको प्रहरीले बताएको छ ।
प्रहरीले जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद थप अनुमति लिई उनीहरुलाई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस