ललितपुरमा बर्डफ्लु
ललितपुरमा घरमा पालिएका पन्छीमा बर्डफ्लुको संक्रमण भेटिएको सन्चार माध्यमले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरका अनुसार ललितपुर महानगरपालिका–१४ का किसानले पालेका स्थानीय कुखुरा, बट्टाई र हाँसमा बर्डफ्लु देखिएको हो ।
रोग पुष्टी भएका ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ गोटा अण्डा र ३३५ केजी दाना नष्ट गरिएको छ भने त्यस क्षेत्रमा भेटिएको सबैलाई नष्ट गरी निसंक्रमित समेत गरिसकिएको घिमिरले बताएका छन् ।
पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटनरी प्रमाण पत्र लिनुपर्ने मन्त्रालयले बताएको छ। कुनै पनि पन्छी फार्म वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गर्न मन्त्रालयले आग्रह गरेको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस