हेलम्बुका तीन गुम्बा भारतद्धारा पुर्ननिर्माण हुने
सिन्धुपाल्चोक हेलम्बुका तीन गुम्बा भारतले पुर्ननिर्माण गर्ने भएको छ ।
२०७२ को भूकम्पले भत्काएका सिन्धुपाल्चोकका चिरी घ्याङ, मेलम्ची घ्याङ र तार्के घ्याङ भारत सरकारले पुर्ननिर्माण गर्ने भएको हो ।
वाग्मती प्रदेश सभा सदस्य निमा लामाका अनुसार पुर्ननिर्माण प्राधिकरण र भारतीय राजदूतावासबीच गुम्बा निर्माणमा बुधबार सम्झौता भएको छ । यसका साथै हस्ताक्षर कार्यक्रममा पूर्व अर्थराज्य मन्त्री डा. लार्केल लामा, वाग्मती प्रदेश सभा सदस्य लामा र भारतीय दुतावासका तर्फबाट विकास साझेदारी उपसचिवको सहभागिता थियो ।
भारतले ५० लाख अमेरिकी डलर सहयोग गरि भूकम्पपछि भत्किएका नेपालका ८ वटा जिल्लाका २८ वटा सांस्कृतिक परियोजनाहरु भारतले पुर्ननिर्माण गर्ने भएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस