एटीएम ह्याक गरेर पैसा चोर्न खोज्ने चिनियाँ नागरिक पक्राउ
दरबारमार्गस्थित मेगा बैंकको एटीएम मसिनको कीबोर्ड पिन नम्बर ह्याक गरी पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ परेका छन् ।
२९ वर्षीय चिनियाँ नागरिक वाङ सिआओलङलाई मंगलबार साँझ ज्याठास्थित होटल मेन्टिसको कोठा नम्बर ४०५ बाट महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
उनको कोठाबाट १० थान एटीएम, पासपोर्ट, इन्टरनेट कनेक्टर, पेनड्राइभ, गाेप्य क्यामरा, ड्रिल मेसिन, चिनियाँ मुद्रा, अमेरिकी डलर र नेपाली रुपैयाँ बरामद गरिएकाे महानगरीय परिसर प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताएका छन् ।
विगत केही वर्षयता चिनियाँ नागरिक एटीएम बुथ ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस