खरानी भए अनाज
पक्की घरभन्दा धेरै फुसका झुप्रा भएका नरैनापरको खोदवामा आइतबारको दृश्य अलि फरक थियो । बाँकै सदरमुकाम नेपालगन्जबाट ४० किलोमिटर दूरी पार गरेपछि पुगिने यो बस्तीमा फसका झुप्रा निकै कम देखिन्थे ।
झुप्राका काला भग्नावशेषमा केही गाउँले खरानीका थुप्रोमा केही सामान भेटिन्छ कि भन्दै खोज्दै थिए । भग्नावशेषमा खटिया हालेर बसेका केही भने घरसँगै भकारीमा डढेर खानै नमिल्ने भएको अन्न हेर्दै टोलाइरहेका देखिन्थे ।
केहीचाहीँ विस्थापितका लागि लहरै उभ्याइएका नीला टेन्टबाट भित्र-बाहिर गर्दै थिए । बाँकेको नरैनापर गाउँपालिका – ४ खोदवा गाउँमा शनिबार आगलागी हुँदा १ सय २० वटा घरटहरा ध्वस्त भएका थिए । फकिर आँको गोठबाट सुरु भएको आगोले कहीबेरमै बस्तीका अधिकांश झुप्रालाई खरानी बनाएको थियो । भागदौडमा ४ जना गाउँले घाइते पनि भए ।
कान्तिपुर
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस