• जीवनशैली | Jiwanshaili
  • अब मास्क नलगाए १ सय रुपैयाँ जरिवाना


    प्रहरीले काठमाडौंको मुख्य चोकहरुमा कोरोनाभाइरस सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेको छ ।

    डिएसपी नेतृत्वको टोलीले माइकिङ गरेर सोमबार जोरपाटी, महाराजगञ्ज, नयाँ बानेश्वर र रत्नपार्क सहित १४ ठाउँमा कोरोनाबाट जोगिन सचेतना अपनाउन आग्रह गरेको छ । प्रहरीले माइकिङ गरेर मास्क, सेनिटाईजर र सामजिक दुरी कायम गर्न आग्रह गरेको छ ।

    गृह मन्त्रालयले सचेतना कार्यक्रम गर्न देशभरका स्थानिय प्रशासनलाई निर्देशन दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले सो कार्यक्रम गरेको हो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीका अनुसार सचेत गराएपछि पनी नटेर्नेले एक सय जरिवाना तिर्नुपर्ने छ ।

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार