७२ हजार केजी अखाद्य चिनी नष्ट हुँदै
एक वर्षदेखि सेवनयोग्य प्रमाणित गर्न खोजिएको ७२ हजार केजी अखाद्य चिनी सोमबार गुण नियन्त्रण कार्यालय जनकपुरले सेवन गर्न अयोग्य भनी प्रमाणित गरेपछि नष्ट हुने भएको छ ।
तस्कर, कर्मचारी, दलका नेताहरुको दवावमा १ वर्षदेखि पटक–पटक नमुना परीक्षण गरेर सेवनयोग्य बनाउने चलखेल गरिएको उक्त चिनी चौथो पटकको नमुना परीक्षण पछि नष्ट गर्ने निर्णय गरिएको हो ।
२०७६ फागुन २५ गते खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय जलेश्वरले उपभोग मिति समाप्त भनेको भारतीय ७२ हजार केजी चिनी मिलेमतोमा जलेश्वर भन्सारबाट नेपाल भित्रिएको थियो ।
सेवन गर्न अयोग्य भनी चैत ६ गते प्रमाणित गरेको पत्र राजस्व अनुसन्धान पथलैयालाई पठाई गुण नियन्त्रण कार्यालय जनकपुरले अखाद्य चिनी नष्ट गर्न अनुमति दिएको हो ।
राजस्व अनुसन्धान पथलैयाका प्रमुख अनुसन्धान अधिकृत टंक पाण्डेका अनुसार सेवन गर्न अयोग्य प्रमाणित भएको चिनीलाई अदालतले आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएकाले नष्ट गर्न लागिएको हो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस