माथिलो चाकु विद्युत् आयोजना सम्पन्न

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ र ५ मा निर्माण भएको २२ दशमलव १ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । निजी क्षेत्रको शिवश्री हाइड्रोपावर लिमिटेडद्वारा निर्माण भएको आयोजनाबाट उत्पादित विद्युत् मङ्गलबार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको र एक सातापछि व्यापारिक उत्पादन शुरु गरिने आयोजनाका कार्यकारी निर्देशक उमेश कसजुले जानकारी दिए । प्रतिमेगावाट रु २२ करोड लगानी भएको आयोजनाबाट हाल नदीको बहाव कम भएकाले दैनिक सरदर तीन दशमलव पाँचदेखि चार मेगावाट विद्युत् उत्पादन भएको छ ।
नेपाली प्राविधिकद्वारा डिजाइन गरी सम्पूर्ण कार्य नेपाली प्राविधिकद्वारा नै गरिएको आयोजनाको हेड ८१५ मिटर रहेको छ । फुल्पींकट्टीको चन्द्रपुमा बाँध बाँधी मामिंङको याङले फाँटमा विद्युत् गृह निर्माण भएको आयोजनाको सुरुङमार्ग तीन हजार ३०० मिटर रहेको छ । अरनिको राजमार्गको १०० किलोमिटरमा पर्ने मार्मिङको चाकु बजारबाट ३० किलोमिटर पहुँच मार्ग निर्मण गरी आयोजनास्थलदेखि २२ किलोमिटर लामो प्रसारण लाइन मार्फत लामोसाधुस्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि विसं २०७२ को विनाशकारी भूकम्प, नाकाबन्दी र पटकपटक बाढी पहिरोका कारण लामो समय लागेको आयोजनाले जनाएको छ । उक्त कम्पनीद्वारा निर्माण भइरहेको ३६ मेगावाटका अप्पर बलेफी आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको कार्यकारी निर्देशक कसजुले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस