ट्रक दुर्घटना हुँदा एकजनाको मत्यु

अरुण गाउँपालिका–४ छाम्ताङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार राति धरानबाट भोजपुरतर्फ आउँदै गरेको ना३ख ३२० नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा ट्रकका मालिक मोरङ पथरीशनिश्चरे–८ का ४३ वर्षीय भेषबहादुर बस्नेतको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्रक चालक अरुण गाउँपालिका–६ जरायोटारका २० वर्षीय जनकबहादुर खड्का गम्भीर घाइते भएकाले विराटनर्सिङ कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शव परीक्षण भने आज जिल्ला अस्पताल भोजपुरमा भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक प्रदीप लामाले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस