• जीवनशैली | Jiwanshaili
  • दुर्लभ हाब्रे फेला


    कालीकोटको शुभकालिका गाउँपालिका–६ हाउडी लेकमा दुर्लभ रेडपाण्डा (हाब्रे) भेटिएको छ । सोमबार हाउडी लेकको जङ्गलमा रेडपाण्डा भेटिएको हो ।

    लोपोन्मुख अवस्थामा रहेको रेडपाण्डा विश्वको दुर्लभ स्तनधारी जनावर हाउडीको जङ्गलमा भेटिएको शुभकालिका गाउँपालिकाका–६ का वडाध्यक्ष कर्णबहादुर केसीले बताए । ‘मानवीय गतिविधिका कारण पछिल्लो समय रेडपाण्डा निकै लोपोन्मुख अवस्थामा छ’, उनले भने । दुर्लभ जनावरका रुपमा रहेको रेडपाण्डालाई संरक्षण गर्ने नीति रहेको वडाध्यक्ष केसीले बताए । ‘रेडपाण्डा संरक्षणको छुट्टै नीति गाउँपालिकाले बनाएको छ’, उनले भने, ‘चोरी शिकारीका कारणले रेडपाण्डा लोप हुँदै गएका छन् ।’

    हाल नेपालमा ५०० मात्रै रेडपाण्डा रहेकोमा त्यसमध्ये ४३ प्रतिशत रेडपाण्डाको बासस्थान कर्णालीमा छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार