पत्रकार महासङ्घ लमजुङको अध्यक्षमा अधिकारी
नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाको अध्यक्षमा परमेश्वर अधिकारी निर्वाचित भएका छन् । बुधबार भएको पत्रकार महासङ्घको निर्वाचनमा महासङ्घ लमजुङमा प्रेस युनियन र प्रेस सङ्गठन प्यानलका अधिकारी तीन मतले विजयी भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष अधिकारीले २९ मत ल्याएका थिए भने प्रेस चौतारीबाट अध्यक्षका उम्मेदवार आश गुरुङले गुरुङले २६ मत ल्याए । त्यस्तै उपाध्यक्षमा भने प्रेस चौतारीका अनुज अधिकारी २९ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी युनियनका सन्देश पौडेलले २६ मतसहित पराजित भएका छन् । महिला उपाध्यक्षमा युनियन–सङ्गठन प्यानलकी शान्ता कमली ३१ मतसहित विजयी हुँदा प्रेस चौतारीबाट बेलिना थापाले २४ मत प्राप्त गरेकी थिइन् ।
सचिवमा युनियनका रुद्रहरि ढकाल ३० मतसहित विजयी हुँदा चौतारीका सरोज विकले २५ प्राप्त गरेका थिए । त्यस्तै समावेशी सहसचिवमा श्यामशीतल परियार, खुला सहसचिवमा युनियन–सङ्गठन प्यानलकै घनबहादुर घिमिरे (जिवी), आदिवासी जनजाति सदस्यमा युनियन–सङ्गठनकै भरत राना विजयी भएका छन् ।
खुला सदस्यमा अजितजङ्ग थापा, नीरज अधिकारी, दीपेन्द्र रेग्मी, ऋषिराम अधिकारी र सुजन बानियाँ विजयी भएका छन् । त्यसैगरी केन्द्रीय परिषद् सदस्यमा युनियन–सङ्गठन प्यानलकै सन्तोष पौडेल ३० मत ल्याएर जित हासिल गरेका छन् ।
यसअघि कोषाध्यक्षमा युनियन–सङ्गठनका रवीन्द्र लामिछाने, महिला सदस्यमा सिर्जना बराल र चौतारीका दलित सदस्यमा डिबी मजाकोटी निर्विरोध चयन भएका थिए । प्रदेश प्रनितिधिमा कृष्ण आले, विमला अधिकारी, कृष्ण अधिकारी र युवराज श्रेष्ठ पनि निर्विरोध चयन भएका छन् । बुधबार भएको महासङ्घको निर्वाचनमा लमजुङमा कूल ५६ मध्ये ५५ मत खसेको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस