• जीवनशैली | Jiwanshaili
  • मकवानपुरमा बलात्कारका ३१ घट्ना दर्ता


    मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको हालसम्म ३१ वटा बलात्कारका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चालु आवको साउनदेखि चैत महिनासम्ममा ३१ वटा बलात्कारका घटना मकवानपुर प्रहरीमा दर्ता भएको हो । सो कार्यालयमा दर्ता भएका बलात्कारका घटनामध्ये हालसम्म प्रहरीले २० जनालाई पक्राउ गरेको बताइएको छ ।

    बलात्कार आरोप लागेका ११ जना फरार रहेको र उनीहरुको खोजी भइरहेको सो कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए। यसअघि २०७६-७७ मा जिल्ला प्रहरी कार्यालय मकवानपुमा ३६ वटा बलात्कारका घटनासम्बन्धी मुद्दा दर्ता भएको थियो । त्यसमा बलात्कारको आरोपमा ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ भने पाँच जना अहिलेसम्म फरार रहेको बताइएको छ ।

    त्यस्तै २०७५-७६ मा ३२ वटा बलात्कारसम्बन्धी मुद्दा दर्ता भएको र त्यस मुद्दामा २६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने छ जना अहिलेसम्म फरार छन् । आर्थिक वर्ष २०७४-७५ मा २२ वटा बलात्कारसम्बन्धी मुद्दा दर्ता भएको र त्यस मुद्दामा आरोपित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ भने ४ जना आरोपित अहिलेसम्म फरार रहेका छन् । बलात्कारबाट पीडित हुनेमा बालिकादेखि वृद्धासमेत रहेका छन् ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार