• जीवनशैली | Jiwanshaili
  • शून्य मानव बस्ती


     

    चीनको सीमा नजिकैको दार्चुलाको उत्तरी क्षेत्रको एउटा गाउँ यतिबेला मानवशून्य बस्ती छ । व्यास–१ तिङ्कर बस्ती अहिले मानवविहीन बनेको हो । गत मङ्सिर महिनामा यहाँका ६५ घरधुरी चिसो छल्न सदरमुकाम खलङ्गा औल झरेपछि यो बस्ती मानवशून्य बनेको हो । आफ्नै भूमि जान घोरेटो बाटो छैन । भारतीय भूमि भएर जान पनि त्यति सहज छैन । कोभिडको जोखिमका बेला यहाँका नागरिक भारतसँग समन्वय गरेर सीतापुल नाका भएर सदरमुकाम झरेका थिए ।

    अहिले तिङ्करमा कोही छैनन् । सदरमुकाम खलङ्गाबाट नेपालकै भूमि भएर तिङ्कर पुग्नै पाँच दिन लाग्छ । छाङ्ग्रुबाट तिङ्कर जान आधा दिन लाग्छ । तिङ्करमा छ महिना सुरक्षाकर्मीको उपस्थिति हुने गर्दछ । तिङ्करस्थित सीमा प्रहरी चौकी अहिले व्यासको छाङ्ग्रु झरेको छ । तिङ्करबाट नेपाल–चीन सीमा क्षेत्र पुग्न पाँचदेखि छ घण्टा लाग्छ । पिलर नं १ बाट सोझै झर्यो भने चीनको स्वशासित क्षेत्र तिब्बत पुगिन्छ ।

    तिङ्करमा बस्ने नेपाल प्रहरी छ महिना छायालेकमा बस्ने गर्छ । अहिले मानवशून्य रहेको तिङ्कर गाउँसम्म कहिलेकाहीँ सशस्त्र प्रहरीले ‘एलआरपी’ गस्ती गर्ने गरेको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म छाङ्ग्रुले जनाएको छ । “सधैँ यस ठाउँसम्म पनि पुग्न सकिने अवस्था थिएन”, प्रहरी नायब उपरीक्षक धीरेन्द्र शाहले भन्नुभयो, “हिउँ भएका कारण कहिलेकाहीँ वस्तुस्थिति बुझ्न जाने गरेका छाँै ।”


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार