कोरोनाका कारण विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

कोरोना भाइरस संक्रमण थप बढ्न सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ ।
मन्त्रालयलका अनुसार दोस्रो लहरको कोरोनाको महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको हो ।
केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ । तर फेरि कोरोना महामारीको रुपमा फैलिने सम्भावना भएकोले सावधानी अपनाउन मन्त्रालयलले आग्रह गरेको छ । पछिल्लो समय नेपालमा कोरोनाको दैनिक संक्रमण बढ्दै गएको र हिजो मात्र ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
विद्यालय, सिनेमा हल, रेन्टुराँ, पार्टी प्यालेस जस्ता भीडभाड हुने क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको बताइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस