कोरोनाका कारण विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
कोरोना भाइरस संक्रमण थप बढ्न सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ ।
मन्त्रालयलका अनुसार दोस्रो लहरको कोरोनाको महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको हो ।
केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ । तर फेरि कोरोना महामारीको रुपमा फैलिने सम्भावना भएकोले सावधानी अपनाउन मन्त्रालयलले आग्रह गरेको छ । पछिल्लो समय नेपालमा कोरोनाको दैनिक संक्रमण बढ्दै गएको र हिजो मात्र ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
विद्यालय, सिनेमा हल, रेन्टुराँ, पार्टी प्यालेस जस्ता भीडभाड हुने क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको बताइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस