मेलम्चीको पानी वितरणमा भएका चुहावट मर्मत गरिँदै
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पानी वितरणका क्रममा समस्या देखिएका स्थानमा तत्काल मर्मत गर्न थालेको छ ।
तत्काल समस्या समाधनका लागि समूह नै परिचालन गरेर लागिएको लिमिटेडले जनाएको छ । अहिले पुरानो प्रणालीमार्फत पानी वितरण भइरहेकाले विभिन्न स्थानमा चुहावट देखिरहेको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए । उनका अनुसार मर्मतका लागि सडक विभाग र महानगरपालिकाले चाँडो स्वीकृति दिँदा समस्या तत्काल समाधान गर्न सकिनेछ । विभिन्न स्थानमा साना समस्या देखिरहेको भए पनि ठूला समस्या नभएको उनले बताए । उनले भने, ‘बिहानदेखि साँझसम्म पानी वितरण गर्ने र रातमा मर्मत भइरहेको छ ।’
लिमिटेले अहिले दैनिक साढे आठ करोड लिटर पानी आइरहेकामा चक्रपथभित्र अधिकांश स्थानमा वितरण गरिरहेको छ । अहिले कतिपय घरमा राम्रोसँग पानी आएको त कुनै घरमा राम्रो नआएको भन्ने गुनासो आइरहेको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । पानी नआएको ठाउँमा कसरी सुधार गर्ने भनी लिमिटेडका कर्मचारीले हेरेर समाधान गरिरहेको उनले बताए । मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी आउनेछ । अहिले सुन्दरीजलस्थित दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्रमार्फत साढे आठ करोड लिटर पानी ल्याइएको हो । अर्काे प्रशोधन केन्द्र परीक्षण गरेर सञ्चालन गर्दा उपत्यकामा दैनिक १७ करोड लिटर पानी आउनेछ ।
मेलम्ची खोलाको पानी कीर्तिपुर, ठिमी र भक्तपुरमा पनि जाने लिमिटेडले जनाएको छ । कतिपय स्थानमा बाँकी संरचना निर्माण सकाएर र दैनिक १७ करोड लिटर पानी आएपछि ती स्थानमा पनि पानी जाने उनले बताए । उनले भने, ‘बाँकी ठाउँमा पनि मेलम्ची खानेपानी विकास समितिले पानी सुन्दरीजलमा झारेपछि हामी वितरण गर्न तयार छौँ ।’
लिमिटेडले अहिलेसम्म महाँकाल चौर, अनामनगर, मीनभवन, खुमलटार, पानीपोखरी, महाराजगञ्ज र बालाजु गरी सात पोखरीबाट पानी वितरण गरिरहेको छ । तीमध्ये खुमलटारस्थित पोखरी मेलम्चीको पानी वितरणका लागि अहिले निर्माण भएको हो । बाँकी छ पोखरी पहिलेबाट नै वितरण हुँदै आएका पोखरी हुन् । अहिलेसम्म लिमिटेडले पुरानो पोखरीबाट पुरानै पाइप प्रणालीमा पानी वितरण गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ पोखरी र पाइपलाइनको परीक्षणको काम गरिरहेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस