स्वास्थ्य शिविर सम्पन्न
हुम्लाको खार्पुनाथ गाउँपालिकामा चैत २० गतेबाट सञ्चालन भएको स्त्री रोगसम्बन्धी स्वास्थय शिविर शुक्रबार सम्पन्न भएको छ । वडा एकदेखि पाँचसम्म रहेको गाउँपालिकामा तालीम प्राप्त स्वास्थ्यकर्मीबाट ९८ को भिडियो एक्सरे र ६६ लाई इम्प्लान्ट सेवा प्रदान गरिएको थियो । गाउँपालिकाको आयोजनामा एक हप्तासम्म सञ्चालन भएको शिविरमा प्रत्येक वडामा पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको सोही गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिनुभयो । वडा एक लाली स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवाबाट ३३ गर्भवती, इम्प्लान्ट १३, वडा दुई र तीन थाली, राया स्वास्थ्य चौकीमा भिडियो एक्सरे २५, इम्प्लान्ट सेवा २९ लाई प्रदान गरिएको छ ।
शिविरमा जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट खटिएका डाक्टर डियर गजमेर र सिनियर अनमी सरिता बोहराले गाउँमै पुगेर सेवा प्रदान गर्नुभएको थियो । साथै शिविरमा महिलाको पाठेघर, गर्भवती, परिवारनियोजनको अस्थायी साधन तथा अन्य स्त्रीरोगको परीक्षण, उपचार तथा परामर्श दिइएको शिविरमा खटिएका सिनियर अनमी बोहराले जानकारी दिए।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस