• जीवनशैली | Jiwanshaili
  • बाबुछोराको विवादः बाबुको मृत्यु


    मोरङ जिल्ला विराटनगरमा बाबुछोराबीचको विवादको कारण बाबुको मृत्यु भएको छ ।
    एकै परिवारको बाबुछोरासँगको झगडामा ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको सन्चार माध्यमले जनाएको छ । शनिबार राति बुबा छोराबीचको झैझगडा विवादका मुखिया लडेर उनको घाटीमा बासको भाटाले छेडेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार गम्भीर घाइते भएका मुखियाको उपचारका क्रममा कोसी अस्पताल विराटनगरमा राति ११ बजेतिर मृत्यु भएको हो ।

    मुखियाको झुप्रोमा भएको मदिरा पसल राति अबेरसम्म खोलेको भन्दै विको र छोरा रविबीच झगडा सुरु भएको थियो । त्यसै क्रममा रविले धकेल्दा घरको बार लगाएको बाँसको भाटाले विकोको घाँटीमा छेडेको थियो । यो घटनापछि २५ वर्षीय रवि शनिबार राति नै फरार भएका खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    फरार रहेका माइला छोरा रविको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक राईले जानकारी दिए ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार