पहिरो प्रभावित दलित परिवारलाई बाख्रा वितरण
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ भुजुङ्गेका पहिरो प्रभावित ३९ दलित परिवारमा आय वृद्धि गर्न बाख्रा वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत दलित समुदायको जीवनस्तरमा सुधार ल्याउन प्रतिघर तीन वटा बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ । एक समारोहबीच प्रदेश सांसद रामजीप्रसाद घिमिरे र नगर प्रमुख कमलप्रसाद भुसालले बाख्रा हस्तान्तरण गरेका हुन्।
सो अवसरमा सांसद घिमिरेले कृषि र पशुपालनको माध्यमबाट स्वरोजगार सिर्जना गर्न मुख्यमन्त्री ग्रामीण विकास तथा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको बताए । नगर प्रमुख भुसालले कृषि र पशुपालनको विकास विना देशको समृद्धि नहुने भन्दै गरिबी वितरण गरिएका बाख्राहरु राम्रोसँग पालनपोषण गरेर राम्रो आम्दानी लिन आग्रह गरे ।
यसैबीच सो पालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समति अर्घाखाँचीको आयोजनामा पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भूमिहीन सुकुम्बासीलाई जग्गा प्रदान गर्ने तरिका र अव्यवस्थित वसोवासलाई व्यवस्थित बनाउने तथा आयोगले गर्ने कामका बारेमा आयोगका अध्यक्ष केवी भुसाल, सदस्यसचिव लक्ष्मी पाण्डे र विज्ञ सदस्य तुल्सीराम मिश्रले जानकारी गराएका थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस