• जीवनशैली | Jiwanshaili
  • स्वास्थ्य मन्त्रालयले गर्यो १४ जिल्लाका विद्यालय बन्द गर्न आग्रह


    १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै स्वास्थ्य मन्त्रालयले ती जिल्लाका विभिन्न विद्यालयमा पठनपाठन सञ्चालन नगर्न आग्रह गरेको छ ।

    मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभएपनि संक्रमणको जोखिम रहेकाले ती जिल्लाका विद्यालय बन्द गर्न आग्रह गरेको छ । अधिकारीका अनुसार काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङमा बढी भिडभाग हुने क्षेत्रका सेवा बन्द गर्न आग्रह गरिएको हो।

    यस्तै सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, रात्रि व्यवसाय, रात्रि रेस्टुरेन्ट तथा ब्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार