गहुँ बाली भित्र्याउने चटारो
सुदूरपश्चिम प्रदेशका किसानलाई यतिवेला गहुँबाली काटेर भित्र्याउने चटारो बढेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम भए पनि पाकिसकेको गहँुबाली भित्र्याउनै परेको स्थानीय किसान रामबहादुर चौधरीले बताए । उनले भने, “कोरोना फेरि बढेको सुनिन्छ, कोरोनाले केही त्रास बढाए पनि स्वास्थ्य सुरक्षालाई ध्यान दिई गहुँबाली काट्नै प¥यो ।” किसानको मुख्य आम्दानी स्रोतको रुपमा गहुँ र धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने खाद्यान्न घरमा भण्डारण गरी बढी भएको गहुँ र धान बिक्री गरेर खर्चको जोहो गर्ने गरेका छन् । कृषि निर्देशनालयका निर्देशक जोशीले यस वर्ष गहुँ उत्पादन गत वर्षभन्दा केही वृद्धि भएको अनुमान गरिए पनि यकिन तथ्याङ्क आउन समय लाग्ने बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस