हावाहुरीका कारण आँप, लिचीमा क्षति
उदयपूरमा शुक्रबार साँझ र गएराति पटकपटक आएको भीषण हावाहुरीका कारण जिल्लाको पहाडी क्षेत्रका केही स्थानसहित तराईको त्रियुगा नगरपालिका, चौदण्डी गढी र बेलका नगरपालिकासहितका स्थानमा फल लाग्न थालेको लिची र आँपमा क्षति पुगेको छ । शुक्रबार साँझ र राति आएको भीषण हावाहुरीको कारण त्रियुगा नगरपालिकाको जोगिदह, मोथ्याइ, देउरी, बगाहा तथा श्रीपुर क्षेत्रमा फल लाग्न थालेको आँप र फुलेर फल लाग्न थालेको लिचीमा निकै क्षति पुगेको स्थानीयवासीले बताएका छन् ।
त्रिनपा–१ जोगिदहमा गएराति आएको भीषण हावाहुरीले भर्खरै फल लाग्न थालेको लिची र आँपमा निकै क्षति पुगेको जोगिदह बरगाछीका अमेन्द्रलाल चौधरीले बताउनुभयो । चौधरीका अनुसार हावाहुरीले आँप र लिचीको हाँगासमेत भाँचिदिएको र २५ प्रतिशत फूल तथा फल हुरीले खसाएर नष्ट गरेको छ ।
यस्तै बेलका नगरपालिकाको भागलपुर र आम्बासी तपेस्वरी क्षेत्रमा पनि गएराति आएको भीषण हावाहुरीका कारण लिची र आँपमा निकै ठूलो क्षति पुगेको र हावाहुरीले अन्दाजी २० प्रतिशत फलफूल भुइँमा खसाली दिएको तपेश्वरीका प्रेमप्रसाद भट्टराईले बताए । जिल्लाको चौदण्डी गढी नगरपालिकाको हँडिया, सुन्दरपुर क्षेत्रमा गएराति आएको आधा घण्टाभन्दा लामो समयसम्म चलेको हावाहुरीका कारण भर्खरै फुलेर फल लाग्दै गरेको आँप र लिचीमा निकै क्षति पुगेको र हावाहुरीले आँप र लिचीका स–साना दानाहरुलाई भूइँमा झारी दिएको कृषक बताउँछन् । यता जिल्लाको पहाडी क्षेत्रको लिम्चुङबुङको बराह, बासबोटेसहित इनामे साउने खाँबु क्षेत्रका केही स्थानमा पनि हावाहुरीले फलफूल र अननबालीमा निकै ठूलो क्षति पु¥याएको सम्बन्धित क्षेत्रका स्थानीयवासीले बताएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस