पानी नपरेपछि किसान चिन्तित
पानी नपरेपछि जुम्लाका किसान चिन्तित भएका छन् । हिउँदेयाममा राम्रोसँग हिमपात नभएर गयो बर्खा लाग्दा पनि पानी नपर्ला यहाँका किसानले लगाएको बालीनाली खडेरीले सखाप पारेको तिला गाउँपालिका– १ स्थानीयवासी टोपबहादुर रावतले बताए ।
उनले भने, “खडेरीले बालीनाली सुकेपछि यहाँका किसान निकै चिन्तित छन् । यो वर्ष निकै मेहनत गरेर हिउँदे बाली जौ र गहुँ छरेका थिए । हिउँदेबाली राम्रो होला र भोकमरी नहोला भन्ने सोचका साथ खेतीपाती शुरु गरेका थियौँ । खडेरीले सबै बालीनाली सखाप बनायो ।”
अहिले बाली सुकेर सोत्तर बनेपछि आगो लगाउनुको विकल्प छैन । जौ पाक्ने बेला भइसक्यो । पानी परेको छैन । जमीनमा चिस्यान नहुँदा नपाक्दै बालीनाली सोत्तर बनेको बताए ।
अहिले हरियाली हुनुपर्ने डाँडाकाँडा सुख्खा छन् । जताततै डढेलो शुरु भइसकेको छ । धुलो धुवाँले जनजीवन पनि अस्तव्यस्त छ । बालीनाली बारीमै सुक्दा भोकमरी पर्ने निश्चित छ । वर्षामा राम्रोसँग वर्षा हुन सकेन स्थानीयवासी दलपति रावतले बताउनुभयो । खडेरीको सबैभन्दा बढी मार किसानमा परेको छ । अग्लो स्थानमा सिँचाइ सुविधा छैन । आकाशे पानीको भरमा खेती गर्नुपर्छ ।
लामो समयको खडेरीका कारण जुम्लाको बालीनाली र फलफूलखेती नराम्ररी प्रभावित भएको छ । फल लाग्नका लागि फुलेका स्याउका बगैँचामा चिचिला नलाग्दै फूल झरिरहेका छन् । पानी नपर्दा मकैखेती शुरु भएको छैन । जमीनमा चिस्यान छैन । हलो जोतेर मकै रोप्न सकिएको छैन । भोकमरी लाग्ने चिन्ताले किसानलाई निराश बनाएको स्थानीयवासी राकमला बुढाले बताए ।
खडेरीले खानेपानीका मुहानसमेत सुक्न थालेका छन् । जसका कारण अधिकांश जुम्लावासी खोलाको दुषित पानी पिउन विवश छन् । बारीको बाली बारीमै सुकेको देखेपछि खेतीपाती गर्न किसानलाई जोश जागर हराएको यहाँका किसान बताउँछन् ।
आठ महीनादेखि जुम्लामा पानी परेको छैन । यो हिउँदमा न हिउँ प¥र्यो, नत आवश्यक मात्रामा वर्षा नै भयो, खेतीयोग्य जमीनमा उत्पादन कम हुने निश्चित रहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । यहाँका आठवटै स्थानीय तहमा खडेरीका कारण बालीनाली सुकेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस