रामपुर क्याम्पस घटनाका दोषीलाई कारवाही माग
नेपाली कांग्रेस संसदीय दलले रामपुर कृषि क्याम्पस, चितवनमा नेपाल विद्यार्थी सङ्घका विद्यार्थीमाथि भएको साङ्घातिक हमलाको निन्दा गरेको छ ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज विज्ञप्तिमार्फत घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका छन् ।
साथै उनले शैक्षिक क्षेत्रलाई प्राज्ञिक थलोका रुपमा विकास गर्न, शान्तिपूर्ण विचार प्रकट गर्ने एवं ज्ञानको खोजी तथा अनुसन्धान गर्न सक्ने संस्था बनाउनसमेत आग्रह गरेका छन् । ‘शिक्षण संस्थाहरु भनेका ज्ञान आर्जन गर्ने थलोमात्र नभई स्वतन्त्र र निर्भयपूर्वक शिक्षण गर्ने शान्ति क्षेत्र पनि हो । यसरी शान्ति क्षेत्रमा नै हतियारसहित आक्रमण हुनु अत्यन्त दुःखद पक्ष हो । हातियारसहित विद्यार्थीहरुमाथि आक्रमण हुँदा पनि स्थानीय प्रशासन मुकदर्शक बनेर बस्नु लज्जास्पद विषय हो । प्रशासनको यो लाचारिताप्रति कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
हतियारधारी समूहको आक्रमणबाट दीपेश बानियाँ, खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्य घाइते भएका जानकारी गराउँदै प्रमुख सचेतक खाणले उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस