• जीवनशैली | Jiwanshaili
  • बाख्रा फार्ममा आगलागी हुँदा ४० बाख्रा जलेर मरे


    झापामा गएराति एउटा फार्ममा आगलागी हुँदा ४० वटा बोयर जातको बाख्रा जलेर मरेका छन्।

    आइतबार राति साढे १२ बजे सल्किएको आगोले बुद्धशान्ति गाउँपालिका ४ देवीबस्तीका ज्योति विमलीको बाख्रा फार्मका सबै बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    इँटा, काठ र टिनको छानो भएको एक तले बाख्रा फर्ममा अचानक आगो फैलिँदा ६५ लाख मूल्य बराबरका बाख्रा र बाख्रालाइ खुवाउने दाना जलेर नष्ट भएको प्रहरीको अनुमान छ।

    राति साढे १२ बजे फैलिएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र विर्तामोड र चन्द्रगढीका दमकलको सहयोगमा पौने तीन बजे नियन्त्रणमा आएको थियो।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार