आफ्नै देवरले गरे भाउजु हत्या
घरायसी विवादका कारण काठमाडौँमा आफ्नै देवरले भाउजुको हत्या गरेका छन् । सडकमा हिडिरहेका बेला देवर मोहनराज भण्डारीले भाउजु रोशनी भण्डारीको रडले हानेर हत्या गरेका हुन् ।
काठमाडौं महानगरपालिका १० बुलबुलेमार्गमा ४८ वर्षीय देवर मोहनराजले ४८ वर्षीया भाउजु रोशनीको हत्या गरेको प्रहरीको भनाइ छ । बाटोमा हिड्दै गरेकी रोशनीलाई लखेटी लखेटी रडले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
रड प्रहारपछि गम्भिर घाइते भएकी उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । शनिबार साँझ घटना भएपनि उनको मृत्यु पश्चात घटना प्रहरीसम्म पुगेको हो । अहिले घटनाको मुचुल्का उठाउने काम भइरहेको र हत्या आरोप लागेका देवर मोहनराजलाई पक्राउ गरेर बानेश्वर वृत्तमा राखिएको प्रहरीको भनाई छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस