काठमाडौंमा दैनिक १४ करोड लिटर मेलम्चीको पानी
काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरू भएसँगै मेलम्चीको पानी आउने परिमाणमा पनि वृद्धि भएको छ ।
आइतवारदेखि काठमाडौं उपत्यकामा दैनिक १४ करोड लिटर आउन थलेको छ । शनिवारसम्म भने साढे ८ करोड लिटर पानी आइरहेको थियो ।
दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण गर्ने तयारीको नजिक पुगिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मिलनकुमार शाक्यले जानकारी दिए । ‘आइतवारदेखि सुन्दरीजलबाट थप पानी छाडिएको र उपत्यकाका सातओटा पोखरीहरूमा पानी थपिएको छ,’ शाक्यले भने, ‘बाँकी तीनओटा पोखरीमा पनि पानी राख्ने क्रम शुरू गरिने र थप ३ करोड लिटर पानी पनि छिटै आउनेछ । त्यसपछि कीर्तिपुर, भक्तपुरको कटुन्जे र ठिमीमा पनि पानी राखेर वितरण गरिनेछ ।’
काठमाडौं उपत्यकामा चैत १५ गतेदेखि मेलम्चीको खानेपानी औपचारिक रूपमा आउन थालेसँगै वितरण पनि शुरू भइसकेको छ । अहिले महांकालचौर, अनामनगर, मीनभवन, खुमलटार, महाराजगञ्ज, बालाजु, बाँसबारी क्षेत्रका पोखरीहरूबाट पानी वितरण भइरहेको छ । मेलम्चीको खानेपानी काठमाडौंमा आएसँगै पुरानै पाइपलाइनबाट पानी वितरण हुँदा हालसम्म ३३० स्थानमा पानी चुहावटको समस्या देखिएको छ । दशकदेखि पुराना पाइपबाट पानी वितरण गरिएको छ । पानीको प्रवाह बढी भएपछि मुख्य सडक तथा भित्री सडकहरूमा अधिक चुहावट देखिएको छ । शाक्यले हालसम्म चुहावट देखिएका ती स्थानमध्ये १८६ स्थानमा मर्मतसम्भार गरिसकेको बताए ।
भित्री सडक तथा गल्लीहरूमा मर्मतसम्भार गरिएको र अहिले मुख्य सडकहरूमा पनि मर्मतसम्भार गर्न सडक विभागले स्वीकृति दिइसकेको उनले बताए । अब छिटै मर्मतसम्भारको काम हुने उनको भनाइ छ ।
(यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । )
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस