उत्पादन बढाउन भकारो सुधार्दै किसान
बागलुङको काठेखोला गाउँपालिका– ५ को फापरचौर र लामखुम गाउँका किसानले भकारो सुधार अभियान चलाएका छन् । पशुको स्याहार र मलमूत्रको सदुपयोग गर्दा उत्पादकत्व बढाउन भकारो सुधार गरेर मलमूत्र सङ्कलन अभियान चलाएको किसान भूमिश्वर कँडेलले जानकारी दिए । “हाम्रो परम्परागत शैलीका गोठबाट मलमूत्रको सदुपयोग हुन सकेन, भकारो सुधार गरेर सदुपयोग गर्छौं”, उनले भने, “पहिले जानिएन, अब त मलमूत्र खेतबारीमा प्रयोग हुन्छ ।” मिलिजुली दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध उत्पादन गरेर बजार पठाउने गरेका किसानले बारीको उत्पादकत्वसमेत बढाउन लागेका हुन् ।
भकारो सुधार गर्दा किसानले गाईभैँसीको मूत्र सङ्कलन गर्दै आएका छन् । अध्ययनअनुसार मलबाट भन्दा मूत्रबाट बढी उत्पादन गर्न सकिने भएकाले सङ्कलन पद्दति अपनाउने गरिएको हो । तरकारी खेतीका लागि पशुको मलमूत्र जैविक मलका रुपमा प्रयोग हुन्छ । सुधारिएका गोठबाट पशुचौपायको मूत्र सिधा करेसाबारी र जनिकैका खेतमा जाने व्यवस्था मिलाइएको छ । सुन्तला र अदुवा, बेसारको व्यावसायिक खेती गर्ने यहाँका किसानले मलमूत्रको सदुपयोगले उत्पादकत्व बढ्ने आशा गरेका छन् ।
गाउँपालिकाले फापरचौरका ५० घरका लागि प्रतिघर २५ हजार बजेट विनियोजन गरेपछि अभियान शुरु गरिएको हो । भकारो सुधारसँगै गाउँमा रासायनिक मल भित्रिन नदिने अभियान पनि चलाइएको वडाध्यक्ष शिवप्रसाद कँडेलले बताउनुभयो । “उत्पादन प्राङ्गारिक हुन्छ तर हामीले त्यसैलाई विषाधियुक्त बनाइरहेका छौँ”, उनले भने, “किसान आफ्नै सक्रियतामा भकारो सुधार भइरहेका छन् ।”
प्राङ्गारिक उत्पादन बढेसँगै मध्यपहाडी लोकमार्ग छेउछाउमा खुलेका होटल तथा रेष्टुरेन्टमा पनि उनीहरुको उत्पादन सहजै बिक्री हुन थालेको छ । घरमै खानका लागि मात्र तरकारी फलाउने किसानले व्यावसायिक बनेर राम्रो कमाई गर्न सफल भएको स्थानीय ज्ञानकुमारी श्रीषले जानकारी दिनुभयो ।
“अहिले गाउँमा टनेलमा तरकारी फल्छ, भकारोको मल मूत्र पानीले बगाएर टनेलमा पु¥याएका छौँ”, उहाँले भन्नुभयो, “सामान्य तालीम लिएर हामी आफँैले सबै काम गरिरहेका छौँ ।” वडा कार्यालय, गाउँपालिका र प्रदेश सरकारका बिभिन्न कार्यक्रममा सहभागी किसान व्यावसायिक उत्पादनमा लागेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि आफूहरुलाई सहयोग गरिरहेको उहाँले बताउनुभयो । कृषि प्राविधिकको सल्लाहका आधारमा यहाँका किसानले गोठ, करेसाबारीदेखि खेतबारीमा गर्ने कामको प्रकृतिमा परिवर्तन ल्याएका हुन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस