हुलाक टिकट बेच्दै जिप्रका
जिल्ला प्रशासन कार्यालय सर्लाहीले कार्यालय हाताभित्र हुलाक टिकट बिक्री काउन्टरको व्यवस्था गर्ने भएको छ । कार्यालयको मूल ढोका वरिपरि बसेका बिक्रेताले चर्को रकम लिएर टिकट बिक्री गर्ने गरेको गुनासो आएपछि प्रशासनले सरकारी मूल्यमा टिकट बिक्री थालेको हो ।
सेवाग्राहीसँग व्यापारीले चर्को रकम असुलेको थाहा पाएपछि प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले एक सूचना जारी गर्दै कार्यालयको कोठा नं १४ बाट छुट्टै टिकट बिक्री काउन्टर खोल्ने बताए । हुलाक टिकट अनिवार्यरुपमा चाहिने भएको र सेवाग्राही जिल्ला हुलाक कार्यालयबाट टिकट नलिइ प्रशासन बाहिर पसल थापेर बसेका व्यापारीसँग बढी मूल्य तिरेर खरीद गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै कार्यालयबाटै टिकटको बिक्री थालेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।
प्रशासन, मालपोत, नापी, स्थानीय निकाय र अन्य गैरसरकारी कार्यालय अगाडि खुलेआम हुलाक टिकटमा कालोबजार भइरहे पनि सम्बन्धित निकाय भने मौन रहेको सेवाग्राहीको गुनासो छ । कार्यालय बाहिर १ देखि १०० रुपैयाँसम्मका टिकट किन्न पाइन्छ । तर बाहिरबाट किन्दा यसको मूल्य करीब दोब्बर पर्ने जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि लिन आएका सेवाग्राही अम्बिका बुढाथोकीले गुनासो गरे। कालोबजारी रोक्न जिल्ला प्रशासनले चालेको कदम प्रशंसनीय रहेको सेवाग्राहीले बताएका छन् । त्यस्तै सेवाग्राही फोटोकपी गराउँन जाँदासमेत अन्यन्त्रको तुलनामा दोब्बर दस्तुर लिने गरेको पाइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस