• जीवनशैली | Jiwanshaili
  • लापरबाही बढ्दै गए लकडाउन’


    छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको अवस्था अत्यन्तै भयावह बनेसँगै नेपालमा पनि नागरिकस्तरमा आवश्यक सर्तकता नअपनाउने र सरकारीस्तरबाट पर्याप्त गृहकार्य नहुने हो भने स्थिति भयावह भएर जाने र लकडाउन गर्नुपर्ने अवस्था आउने चिकित्सकले बताएका छन् ।

    कोरोना संक्रमण सम्बन्धमा अन्तर्राष्ट्रि रुपमा नै गहन अध्ययन गर्दै आइरहेका विज्ञ डा। रमेशकुमार आचार्यले नेपालमा युके भेरियन्ट र ब्राजिलियन एपी वान इन्फेक्सन भाइरस भित्रिसकेकाले स्थिति अझै भयावह भएर जान सक्ने भन्दै सचेत र सतर्क रहन सबैलाई आग्रह गरेका छन् ।

    नेपालमा ब्राजिल, युके र इन्डियाको नयाँ भेरियन्ट भित्रिसकेको छ र समुदायमा फैलिसकेको छ त्यसैले आगामी दिन झनै जटिल र भयावह बन्न सक्ने देखिन्छ ।’ विज्ञ डा आचार्यले भने।
    (यो समाचार आजको राजधानी दैनिकमा छ ।)


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार