चापाकोट बन्द
स्याङ्जामा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहर समुदायस्तरमा देखिएसँगै एक हप्ताका लागि चापाकोट नगरपालिकाका सम्पूर्ण सेवा बन्द गरिएको छ । नगरपालिकामा कार्यरत कर्मचारी, विद्यालयका शिक्षक र समुदायस्तरमा कोरोना सङ्क्रमित व्यक्ति भेटिएपछि नगरपालिकाको अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा एक हप्ता बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख शिवकुमार गिरीले बताए ।
भारतको हरिद्वारमा लागेको कुम्भमेलामा गएर फर्किएकामध्ये पाँच जनामा कोरोना पुष्टि भएपछि जोखिम बढ्न नदिनका लागि यही वैशाख १३ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको नगरप्रमुख गिरीले बताए ।
“नगरपालिकाअन्तर्गतका कर्मचारी, शिक्षक र समुदायमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ”, नगरप्रमुख गिरीले भन्नुभयो, “सङ्क्रमणलाई थप बढ्न नदिन तथा जोखिम न्यूनीकरणमा उच्च सतर्कता अपनाउँदै एक हप्ताका लागि नगरपालिकाले प्रदान गर्ने अत्यावश्यकबाहेकका सेवा बजार, पसल, बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरिएको हो ।”
कोरोना सङ्क्रमण समुदायस्तरमा पनि देखिएकाले जोखिम न्यूनीकरणका लागि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र उच्च सतर्कता अपनाउन नगरवासीमा अनुरोध गरिएको नगरपालिकाका सूचना अधिकारी बिन्दु कोइरालाले बताए । यस अवधिमा शैक्षिक संस्थाका पूर्वनिर्धारित परीक्षा तथा स्वास्थ्य संस्थाबाट प्रदान गरिने सम्पूर्ण सेवा स्वास्थ्यका मापदण्ड पूरा गर्दै सञ्चालन गरिने सूचना अधिकारी कोइरालाले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस