पुनर्निर्मित धरहराको उद्घाटन
भुकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्मित धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेका छन्।
सुन्धारास्थित धरहरा परिसरमा विशेष कार्यक्रमका बीच प्रधानमन्त्रीले नवनिर्मित २२ तले धरहराको उद्घाटन गरेका हुन्।
२०७२ वैशाख १२ को भूकम्पका कारण क्षतिग्रस्त भएको ९ तले धरहराकै स्वरुपमा अहिले २२ तलाको धरहरा बनाइएको हो।
करिब तीन अर्ब ४८ करोडको लागतमा निर्माण भएको धरहराको ४२ रोपनीमा फैलिएको छ। तर सुन्धाराको बिस्तारित क्षेत्रमा समेटिने वरपरको बगैँचासहितको भाग भने बिस्तारै निर्माण हुँदै जाने जनाइएको छ।
गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाइने छ। त्यहाँ पानीको फोहोरासहितको बगैँचा, संग्रहालय, तीन तले पर्किङ्ग, उपहार पसलहरु, थिएटरसहितका पूर्वाधार हुने छन्। नयाँ धरहरामा दुई वटा लिफ्टको समेत व्यवस्था हुनेछ।
धरहराको आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका भए पनि सर्वसाधारणका लागि खुला हुन भने अझै केही महिना लाग्ने प्राधिकरणले जनाएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस