सुकुम्बासीलाई जग्गाको पूर्जा वितरण गरिने’
मोरङमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले भूमिसम्बन्धी समस्या समाधान आयोगले सुकुम्बासीलाई जग्गाको पूर्जा वितरण गर्ने जानकारी दिएका छन् ।
प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित ‘जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार ’ वितरण गर्दै उनले सरकारले संविधान र ऐनअनुसार निर्माण गरेको आयोगले जग्गाको पूर्जा वितरण गरी सधैँको समस्याको अन्त्य गर्ने बताए ।
उनले सरकार सम्पूर्ण जनताको स्वास्थ्य जीवनरक्षाको लागि प्रतिबद्ध रहेको चर्चा गर्दै कोभिड–१९ सङ्क्रमित जनताको निःशुल्क स्वास्थ्य उपचार एवं खोपको व्यवस्था गरिरहेको जानकारी दिए । उनले पत्रकारिता क्षेत्रले सिङ्गो मुलुकलाई प्रभावित गर्ने हुनाले सत्यतथ्यका आधारमा समाचार पस्कनुपर्ने बताएका छन् । उनले मुलुक आम निर्वाचनतर्फ जान उन्मुख रहेको चर्चा गर्दै निर्वाचनमा उत्साहपूर्ण सहभागिताका लागि मतदाता नामावलीमा नाम छुटेका तथा उमेर पुगकाले आफ्नो नाम अद्यावधिक गर्न सबैसँग आग्रह गरे ।
प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्माले सञ्चारकर्मीले व्यावसायिक दक्षता वृद्धि गर्नुपर्नेमा जोड दिए । नेकपा एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लीलावल्लभ अधिकारी, प्रेस चौतारी प्रदेश उपाध्यक्ष लीलाराज भट्टराई, सञ्चारकर्मी महेन्द्र विष्ट, माधव अधिकारी, चौतारी मोरङ संयोजक सुदीप कोइराला र शशाङ्क पौडेल स्व मैनालीले पत्रकारिताका माध्यमबाट जनतामा चेतना जागृत गराउन ठूलो भूमिका खेलेका भएको चर्चा गरे ।
पुरस्कृत पत्रकार कमल पौडेल अस्वस्थ्य हुनु भएकामा उहाँका छोरा विभिन्न पौडेललाई नगद रु १५ हजार ५१५ र प्रमाणपत्र प्रदान गरिएको थियो । स्व मैनालीले विराटनगरलाई कार्य क्षेत्र बनाई दैनिक एवं विभिन्न साप्ताहिक पत्रपत्रिकामा समाचार सम्प्रेषण गरे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस