डोकोमा बोकेर बिरामीलाई अस्पताल पु¥याउनुपर्ने अवस्था अन्त्य
जिल्लाको बर्छैन स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरिएको छ । नेपाल भारत विश्व मैत्री सङ्घका वरिष्ठ उपाध्यक्ष पद्मराज जोशीको पहलमा भारतीय दूतावासले उक्त एम्बुलेन्स प्रदान गरेको हो ।
दूतावासले प्रदान गरेको उक्त एम्बुलेन्स बडिकेदार गाउँपालिका–१ देवलीमा रहेको बर्छैन स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य कार्यालय डोटी र भारतीय दूतावासले उक्त एम्बुलेन्स एक कार्यक्रमबीच बर्छैन स्वास्थ्य चौकीका निमित्त स्वास्थ्य प्रमुख भूपेन्द्रबहादुर शाहलाई हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।
एम्बुलेन्स स्वास्थ्यमा आएपछि बिरामीलाई डोकोमा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यताको अन्त्य हुने र सहजरूपमा स्थानीयलाई सेवा मिल्नेनिमित्त स्वास्थ्य प्रमुख शाहले बताए । उनले भने, “एम्बुलेन्स नहुँदा बिरामीलाई डोकोमा बोकेर अस्पताल लैजानुपर्ने अवस्था थियो, कतिपय बिरामी समयमै अस्पताल पु¥याउन नसकिदा ज्यानसम्म जाने गरेको थियो, अब त्यो समस्या अन्त हुने भएको छ ।”एम्बुलेन्स ल्याउन पहल गर्ने कांग्रेस नेता समेत रहनुभएका जोशीलाई यहाँका नागरिकले धन्यबादसमेत दिएका छन् । गाउँमै एम्बुलेन्स पुगेपछि यहाँका नागरिक निकै खुशी भएकोस्थानीयबासी शान्ति कलेलले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस