बारपाक सुलीकोट गाउँपालिकामा सार्वजनिक बिदा
बारपाक सुलीकोट गाउँपालिकाले आज पालिकाभित्र सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले गोरखा भूकम्पबाट ज्यान गुमाउनेहरुका स्मृतिमा भूकम्प स्मृति दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।
“विसं २०७२ वैशाख १२ गते आजकै दिन गएको विनाशकारी गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक भएको गाउँपालिकाभित्र उक्त दिनको सम्झनामा बिदा दिइएको हो”, उनले भने, “भूकम्पलाई भुल्नेभन्दा पनि सम्झेर सधैँ सचेत र पूर्वतयारीमा सबै सदैव लाग्नुपर्छ ।”
गाउँ कार्यपालिकाको गत चैत २५ गते बसेको बैठकले भूकम्प स्मृति दिवसका अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । बिदाको दिन गाउँपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षण संस्थालगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने गाउँपालिकाले जनाएको छ ।
बारपाक सुलिकोट – १ र २ मा पर्ने भूकम्पको केन्द्रविन्दु बारपाक गाउँका एक हजार ४५० घरमध्ये भूकम्पबाट केही घरका ७२ जनाले ज्यान गुमाएका थिए । भूकम्प स्मृति दिवसका अवसरमा हरेक वर्ष बारपाकमा विभिन्न कार्यक्रम गरिँदै आए पनि यस वर्ष कोरोना सङ्क्रमण जोखिमका कारण कार्यक्रम स्थगन गरिएको अध्यक्ष भट्टले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस