भरतपुर आँखा अस्पतालमा गणेश मन्दिर
नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा गणेशको मन्दिर स्थापना गरिएको छ । नारायणगढ निवासी किरणलाल प्रधानका दाजुभाइ तथा दिदीबहिनीको परिवारले बुवा ८० वर्षीय भीमलाल र आमा ७३ वर्षीया राममती इच्छानुसार अस्पतालमा मन्दिर निर्माण गरिदिएको हो । छोरा– बुहारी किरणलाल र सुनिता, सुरेशलाल र सरिना, छोरी शान्ति र सनिताले बुवाआमाको चाहनाअनुसार मन्दिर निर्माण गरेका हुन् ।
भक्तपुरे कालीगढमार्फत मौलिक ढाँचामा मन्दिर निर्माण गरिएको किरणलालले बताए । बुवाआमाको चाहनाअनुसार परिवारले मन्दिर निर्माण गरेको उनको भनाइ छ । शनिबार मन्दिरमा राखिने गणेशको मूर्ति पूजा तथा प्राणप्रतिष्ठा गरी अस्पताललाई हस्तान्तरण गरिएको छ । अस्पतालका अध्यक्ष कृष्णराज धरेल र प्रमुख मेडिकल निर्देशक एवं आँखारोग विशेषज्ञ डा रघुनन्दन व्यञ्जुलाई उक्त मन्दिर हस्तान्तरण गरिएको हो । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा मन्दिर निर्माण गरेर पवित्र काम गरिएको अस्पतालका अध्यक्ष धरेलले बताए।
अस्पतालमा हालसम्म कुनै पनि मन्दिर बनेका थिएनन् । अस्पतालमा आउने आँखाका बिरामीलाई दर्शन गर्न सहज होस् भनेर बनाइएको मन्दिरको सबै जिम्मेवारी अस्पताललाई आइसकेको हुँदा त्यसको संरक्षणमा विशेष ध्यान दिइने उहाँको भनाइ छ । अस्पतालमा दैनिक ५०० भन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस