• जीवनशैली | Jiwanshaili
  • त्रिभुवन विश्‍वविद्यालयका सबै परीक्षा स्थगित


    त्रिभुवन विश्‍वविद्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ ।

    कोभिड १९ का कारण देशका विभिन्न स्थानमा लकडाउन भएकाले त्रिभुवन विश्‍वविद्यालयले पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो ।

    आज बिहान र दिउँसोको परिक्षा भने त्रिभुवन विश्‍वविद्यालयले सन्चालन गरेको छ ।

    भोलि देखी हुने वार्षिक तथा सेमेष्टर प्रणालीका पारिक्षा भने अर्को सुचना नआएसम्म स्थगित गरिएको त्रिभुवन विश्‍वविद्यालयले जनाएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार