संरक्षित जिउँदो उल्लु चरासहित एक पक्राउ
प्रहरीले संरक्षित जिउँदो उल्लु चरासहित एक जनालाई पक्राउ गरेको छ । धुलिखेल नगरपालिका–९ विपी राजमार्गस्थित काभ्रेभञ्ज्याङमा जाँचका क्रममा उल्लु चरोसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए । पक्राउ पर्नेमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका–२ भिरकोट का ३४ वर्षीय केशर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
उनका अनुसार बिपी राजमार्ग सडकखण्डमा विभिन्न सवारी साधन तथा हिँडडुल गर्ने शङ्कास्पद व्यक्तिको जाँचका क्रममा सोमबार दिउँसो भकुण्डेबाट धुलिखेलतर्फ हिँड्दै आइरहेका श्रेष्ठलाई शङ्कास्पदरूपमा फेला पारेपछि जाँचका क्रममा लुकाइछिपाइ ल्याएको जिउँदो उल्लु चरासहित फेला परेको हो । नियन्त्रणमा लिइएका श्रेष्ठलाई बरामद गरिएको चरासहित आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धुलिखेल पठाइएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस