• जीवनशैली | Jiwanshaili
  • अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध


     

    कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) ले आग्रह गरेको छ । डिसिसिएमसीले अत्यावश्यक कामले घरबाहिर निस्कन परे स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ ।

    जिल्लाभित्रका सबै एम्बुलेन्स चालकलाई २४सै घण्टा सेवा दिने गरी तयारी अवस्थामा रहन पनि आग्रह गरेको प्रजिअ लमिछानेले जानकारी दिनुभयो । यस्तै भीडभाड हुने हाटबजार बन्द गर्ने तथा सभा, सम्मेलन पनि गर्न नदिने निर्णय गरिएको छ । कार्यक्रम गर्नैपरे स्वीकृति लिएर २५ भन्दा बढी व्यक्ति सहभागी नहुने गरी मात्रै गर्न पाइने डिसिसिएमसीले जनाएको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४५८ पुगेको छ । तीमध्ये ४२१ होमआइसोलेसनमा र ३७ जना अस्पतालमा उपचाररत छन् ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार