रसुवामा सम्बन्धविच्छेदका मुद्दा बढे
रसुवामा न्यायका लागि दायर भएका अधिकांश मुद्दामध्ये पछिल्लो समय सम्बन्धविच्छेद बढ्न थालेको छ । चालु अर्थिक वर्षमा दायर भएका ४१ मध्ये ३६ मुद्दा श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदसम्बन्धी रहेको रसुवा जिल्ला अदालतले जनाएको छ ।
अदालका स्रेस्तेदार मुना अधिकारी ढकालका अनुसार गत वर्षबाट सरी आएका ३० एवं चालु आवमा पर्न आएको ४१ समेत ७१ मुद्दा विचाराधीन रहेका थिए । विचाराधीन फौजदारीमा ३२ एवं देवानी ३९ वटा मुद्दामध्ये केही फैसला भइसकेका र केही प्रक्रियागतरूपमा रहेका छन् ।
यस्तै अदालतको कार्य छिटोछरितो सम्पादन गर्न वैतनिक अधिवक्ता, बालमनोविज्ञ, मेलमिलापकर्ताको व्यवस्थापन एवं बाल इजलाससमेत स्थापना गरिएको छ । जिल्ला अदालतमार्फत गाउँ–गाउँमा पिरमर्का बुझ्ने र न्यायसम्बन्धी जनचेतनाको जागरण, न्यायिक संवाद कार्यक्रमअन्तर्गत गाउँटोलमा न्यायाधीशसँग भेटघाट कुराकानीसमेतका कार्यक्रम अगाडि बढिरहेको स्रेस्तेदार ढकालले बताए । जिल्ला न्यायाधीशले गाउँटोलमा जनतासँग भेटघाट गर्दा न्यायसम्बन्धी गुनासो गर्न पाइने तर अदालतले गरेका काम कारवाहीका बारेमा टीकाटिप्पणी भने गर्न नपाइने बताइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस