अर्थाभावले सात वर्षदेखि ओछ्यानमै
जन्मेको तीन महिनापछि छारे रोगबाट पीडित सिमकोट गाउँपालिका–७ चौगानफयाका सात वर्षीय बालक लोकेश शाहीका उपचारमा आर्थिक अभाव भएको छ । यसले गर्दा उनी अहिले ओछ्यानमै थला परेका छन् । बालकका आमा सम्झना शाहीले छोरोको उपचार गर्न रकम नभएको गुनासो गरिन् । उपचारार्थ जिल्ला अस्पताल पु¥याउँदा छारे रोग भएको र निको हुन समय लाग्ने चिकित्सकले बताएको उनको भनाइ छ ।
बालकले आफ्ना आमाबुवा बाहेक अन्य व्यक्तिलाई चिन्न गाह्रो भएको आफन्तको जनाएका छन् । उनी करीव छ वर्षसम्म हिडडुल गर्न नसक्ने भए पनि एक वर्षएता आफँै हिडडुल गर्ने गरेको बताइएको छ । बालकलाई खुला छोड्दा माटो र अन्य वस्तु खाने भएकाले बौद्धिक अपाङ्गता भएका संस्थामा पालनपोषण गर्न विभिन्न निकायमा हारगुहार गरिएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस