• जीवनशैली | Jiwanshaili
  • अर्थाभावले सात वर्षदेखि ओछ्यानमै


    जन्मेको तीन महिनापछि छारे रोगबाट पीडित सिमकोट गाउँपालिका–७ चौगानफयाका सात वर्षीय बालक लोकेश शाहीका उपचारमा आर्थिक अभाव भएको छ । यसले गर्दा उनी अहिले ओछ्यानमै थला परेका छन् । बालकका आमा सम्झना शाहीले छोरोको उपचार गर्न रकम नभएको गुनासो गरिन् । उपचारार्थ जिल्ला अस्पताल पु¥याउँदा छारे रोग भएको र निको हुन समय लाग्ने चिकित्सकले बताएको उनको भनाइ छ ।

    बालकले आफ्ना आमाबुवा बाहेक अन्य व्यक्तिलाई चिन्न गाह्रो भएको आफन्तको जनाएका छन् । उनी करीव छ वर्षसम्म हिडडुल गर्न नसक्ने भए पनि एक वर्षएता आफँै हिडडुल गर्ने गरेको बताइएको छ । बालकलाई खुला छोड्दा माटो र अन्य वस्तु खाने भएकाले बौद्धिक अपाङ्गता भएका संस्थामा पालनपोषण गर्न विभिन्न निकायमा हारगुहार गरिएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस