• जीवनशैली | Jiwanshaili
  • निषेधाज्ञामा विमानस्थल आवतजावत गर्न साझा बसको सुविधा


    षेधाज्ञाको समयमा हवाई यात्रा गर्ने यात्रुका लागि साझा बस चल्ने भएको छ । वायुसेवा कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच मंगलबार भएको छलफलपछि प्राधिकरणले यस्तो व्यवस्था मिलाउने निर्णय गरेको हो ।

    सरकारले बिहीबार बिहानबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेको छ । यसबीचमा आन्तरिक तथा बाहृय दुबै उडान भने बन्द हुने छैन । हवाई उडानका यात्रुको सहजीकरण गर्न प्राधिकरणले साझा यातायातका बस सञ्चालन गर्ने निर्णय गरेको हो ।

    मंगलबारको बैठकले वायुसेवा सञ्चालक तथा विमानस्थलमा कार्यरत निजी क्षेत्रका संघसंस्थाका कर्मचारी तथा सवारी साधनलाई विगतमा झैं आवश्यकता र औचित्यका आधारमा प्राधिकरणले अनुमतिपत्र जारी गर्ने भएको छ ।

    आन्तरिक हवाई टिकट र परिचय पत्रका आधारमा विमानस्थल जान/आउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत सहजीकरणको व्यवस्था मिलाउने निर्णय समेत गरेको हो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार