• जीवनशैली | Jiwanshaili
  • नर्भिकले निषेधाज्ञामा निःशुल्क एम्बूलेन्स सेवा दिने


    निषेधाज्ञाको अवधिमा गम्भीर अवस्थाका बिरामीहरुका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले निःशुल्क एम्बूलेन्स सेवा संचालन गर्ने भएको छ ।

    अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार गम्भीर अवस्थाका बिरामीका सहज परिश्थितिका लागि हस्पिटलले निःशुल्क एम्बूलेन्स सेवा संचालन गर्ने भएको हो ।

    उनले निषेधाज्ञामा सार्वजनिक तथा निजी यातायात ठप्प भएको अवस्थामा स्वास्थ्य जटिलताका कारण सर्वसाधारणलाई समस्या नपरोस् भन्ने उद्देश्यले अस्पतालले गम्भीर अवस्थाका बिरामीका लागि निःशुल्क एम्बूलेन्स सेवा संचालनको घोषणा गरिएको बताए ।

    स्वास्थ्यमा गम्भीर समस्या भई इमेरजेन्सी अस्पताल भर्ना हुनुपर्ने बिरामीहरुलाई लिन अस्पतालले घरैसम्म निःशुल्क एम्बूलेन्स पठाइदिने र त्यस्ता बिरामीहरु ठीक भएपछि घरसम्मै लैजाने व्यवस्था समेत मिलाइने जानकारी दिए ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार