फेरि लाग्यो शिवपुरी जंगलमा आगो
काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जङ्गलमा फरि आगोलागी भएको छ।
बुधबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पुगेको छ ।
टोखामाथिको जंगलमा आगलागी भएको देखेपछि स्थानीयले काठमाडौं प्रहरीलाई खबर गरेका थिए ।
एकदमै भिरालो र बाक्लो सल्लाको पतकर भएको ठाउँमा आगलागी बताइएको छ । बुढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेलले उक्त आगो कसैले लगाएको हुन सक्ने बताएका छन् ।
गएको चैत २९ गते पनि जङ्गलमा आगोलागी भएको थियो । सिम्रिक एयरलाइन्सको हेलिकप्टरको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस