काठमाडौंमा निषेधाज्ञा पालनामा कडाई, एक हजार बढी सवारीमाथी कार्वाही
काठमाडौं । काठमाडौं उपत्यकामा बिहानदेखि लागू गरिएको निषेधाज्ञा कार्यान्वयनका लागि कडाइ गरिएको छ ।
सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । सुरक्षाकर्मीले सुरक्षा चेकजाँचलाई कडा पारेका छन् । अत्यावश्यक बाहेकका गाडीलाई होल्ड गरिएको छ भने मास्क नलगाइ हिड्ँनेलाई सम्झाइ बुझाइ गरिएको प्रहरीले जनाएको छ ।
अहिलेसम्म एक हजारभन्दा धेरै गाडीलाई प्रहरीले होल्डमा राखेको छ । प्रहरीका अनुसार होल्डमा हुनेमा दुई पाङ्ग्रे गाडी धेरै छन् । अहिलेसम्म ८ सय १५ वटा दुई पाङ्ग्रे गाडी र दुई सय ३३ वटा चार पाङ्ग्रे गाडीलाई होल्डमा राखिएको प्रहरीले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा लगाएको छ । अत्यावश्यक बाहेकका गाडी नचलाउन र अनुमतिबाहेकले पनि गाडीमा देखिने गरी सेवा क्षेत्र उल्लेख गरेर परिचयपत्र भिरेर हिँड्न प्रहरीले आग्रह गरेको छ ।
कोरोना सङ्क्रमणबाट बच्न बिना काम घर बाहिर ननिस्कन र अति आवश्यक काम परेर घरबाहिर निस्कनै पर्ने अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न तथा प्रशासनको आदेशअनुसार गर्न सरकारले आग्रह गरेको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस