काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिना पानी
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिना पानी परेको छ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका धेरैजसो ठाउँमा चट्याङसहित असिना पानी परेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार पानी नपरेका पहाडी क्षेत्रमा पनि मौसम धुम्मिएको छ । केही ठाउँमा हावा चलेको छ । आज राति पनि पहाडी क्षेत्रमा हावाहुरीसहित चट्याङ र पानी पर्ने सम्भावना रहको मौसमविद् अर्यालले बताए।
प्रि–मनसुनमा प्राय हरेक दिनजसो बेलुकाको समयमा चट्याङ पर्ने सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउन र दिउँसोपछि खेतबारीमा सकेसम्म काम नगर्न मौसमविद्को सुझाव छ । भोलि र पर्सी पनि काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । तराईका जिल्लाको मौसम भने आंशिक बदली भएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस