गाउँपालिका अध्यक्षको निधन
पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ । अध्यक्ष कुशवाहाको ८५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।
कालिकामाई गाउँपालिका–२ भेडिहारी घर भएका अध्यक्ष कुशवाहाको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको थियो । उनमा ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको परिवारका सदस्यले बताएका छन् । उनकाे आज नै दाहसंस्कारका गरिने बताइकाे छ ।
उनी पछिल्लो स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी पार्टीबाट गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए । पञ्चायतकालमा प्रधानपञ्च बनेका उनी ०४६ सालपछि गाविस अध्यक्ष समेत भएका थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस